गृहपृष्ठ Featured कपिलवस्तुमा चितुवाको उद्धार

कपिलवस्तुमा चितुवाको उद्धार

कपिलवस्तु ।

तिलौराकोट वन क्षेत्र नजिक खेतमा पासोमा परेको भाले चितुवाको उद्धार गरिएको छ । बिहान खेतमा तरकारी टिप्न जाँदा एक महिलाले चितुवा पासोमा परेको देखेकी थिइन् ।

वन रक्षक र सुरक्षाकर्मीले पासोबाट निकालेर चितुवालाई वन कार्यालयमा लगेका हुन् । त्यहाँ चितुवाले असुरक्षित महसुस गरेपछि आइतबार दिउँसो तिलौराकोट साझेदारी वनमा लगेर छाडिएको डिभिजन वन कार्यालयका डीएफओ विजय सुवेदीले बताए ।

७१ इन्च लामो र ३० इन्च उचाइ रहेको चितुवा वयस्क हो । संरक्षणको प्रयास र वन क्षेत्रमा चितुवा छोडिनु राम्रो भएको तिलौराकोट साझेदारी वन संयोजक जयप्रकाश पाण्डेले बताए ।

सम्बन्धित् समाचार