गृहपृष्ठ Featured दाङका तीन क्षेत्रमा ‘हेभिवेट’ विरुद्ध तीन महिला 

दाङका तीन क्षेत्रमा ‘हेभिवेट’ विरुद्ध तीन महिला 

दाङ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङका तीन क्षेत्रमा तीन ‘हेभिवेट’ पुरुषको मुख्य प्रतिस्पर्धामा महिला उत्रिएका छन् । दाङ १ मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका मेटमणि चौधरीविरुद्ध एमालेकी शान्ता चौधरी उम्मेदवार छिन् ।

दाङ २ मा एमाले महासचिव शंकर पोखरेलविरुद्ध गठबन्धनबाट माओवादी केन्द्रकी रेखा शर्माले उम्मेदवारी दिएकी छन् । दाङ ३ मा गठबन्धनका कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीविरुद्ध एमाले केन्द्रीय सदस्य कोमल वलीले मनोनयन दर्ता गरेकी छन् ।

जिल्लाका तीनवटै क्षेत्रमा राष्ट्रिय राजनीतिमा स्थापित नेतासित महिला प्रतिस्पर्धामा उत्रिएका हुन् । महिला उम्मेदवारहरू पनि राजनीतिमा नौला होइनन् । चौधरी र वली पूर्वसांसद हुन् भने शर्मा पूर्वमन्त्री हुन् । यसअघि चौधरी र शर्मा दुई पटक तथा वली एक पटक समानुपातिकबाट चुनिएर संसद् पुगेका थिए । महिला उम्मेदवारहरू लैंगिक विषयभन्दा पनि समग्र जिल्लाको विकासका एजेन्डा लिएर मतदातामाझ पुगिरहेका छन्  ।

सम्बन्धित् समाचार