वैखरी अनलाईन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले कार्यापालिका बैठक लाईभ (प्रत्यक्ष प्रसारण) गर्ने भएको छ । लगातार २ वटा बैठक नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधिले बहिष्कार गरेपछि अब लाईभ नै सामाजिक संजालबाट प्रसारण गर्ने नगरपालिकाका नगर प्रमुख अजय थापाले वैखरीलाई जानकारी दिए ।
कांग्रेस एमाले निकट तथा कार्यापालिका सदस्य बैठकमा अनुपस्थित हुदाँ नगरका विभिन्न महत्वपूर्ण काम कारबाही अघि बढ्न सकेको छैन् । नगरसंग सम्बन्धित विविध महत्वपूर्ण एजेण्डाहरुमाथि छलफल हुनुपर्ने भए पनि त्यसो हुन नसकेकाले बैठक लाईभ गर्न लागीएको नगर प्रमुख थापाले बताए ।
युवा माँझ लोकप्रिय रहेका नगर प्रमुख थापालाई असफल बनाउँन यस्तो खेल रचिएको एक बुद्धिजिवीले बताए । नगरप्रमुुख थापालाई असफल बनाउन जनप्रतिनिधिसहित कर्मचारी समेत लागेको उनले बताए । यस्ता गतिविधिले शिवराज नगरपालिकालाई विकासको मूल धारमा पुराउन नसकिने भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।
कांग्रेस एमाले चुनाव हारेपछि एक !
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हार व्यवहरे पछि नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधि एक भएका छन् । नगर प्रमुखमा राप्रपाबाट उम्मेदवार भएर अजय थापाले जित हासिल गरेपछि उनीहरु एक भएका हुन् ।
युवा माँझ लोकप्रिय रहेका थापा नगर प्रमुखमा बिजयी भएपछि उनलाई काम गर्न नदिई अप्ठयारोमा पार्दै आएका थिए । चुनाव हारेको झोकमा उनीहरुले गठबन्धन गरि कार्यापालिका सदस्य चयनमा आफ्ना कार्यकर्तालाई जिताएका थिए ।
वर्तमान नगरप्रमुख थापा स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट टिकट नपाएपछि राप्रपामा प्रवेश गरेर नगर प्रमुखमा जित हासिल गरेको थिए ।








