गृहपृष्ठ Featured बुद्धभूमि नगरपालिका-५ द्धारा पोख्रेललाई विदाई

बुद्धभूमि नगरपालिका-५ द्धारा पोख्रेललाई विदाई

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ ले नगरपालिकाका शाखा अधिकृत प्रमुख राजन कुमार पोख्रेललाई विदाई गरेको छ । वडाले आज सोमबार वडा कार्यालय चौरीमा एक कार्यक्रमको आयोजना गरि पोख्रेललाई मायाको चिनोसहित खादा माला लगाएर विदाई गरेको हो ।

वडा नम्बर ५ का वडाध्यक्ष रोम बहादुर थापा क्षेत्रीले समग्र नगरपालकाको विकासका लागी पोख्रेलले अहोरात्र खटिएर काम गरेको स्मरण गरे ।

वडाध्यक्ष थापाले पोख्रेलले गरेको कामले नगरको विकासमा दीर्घकालीन रुपमा समेत सकारात्मक प्रभाव पर्ने बताए । उनले आगामी दिनहरुमा पनि सामाजिक कार्यमा लागेर नगरको विकासमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोगको अपेक्षा गर्दै शुभकामना दिए ।

यस्तै पोख्रेलले सरकारी सेवाबाट विदा लिए पनि सामाजिक सेवामा आफु सधै तत्पर रहने बताए । उनले काम गर्दै गर्दा वडा नम्बर ५ बाट सधै सकारात्मक सहयोग मिलेको स्मरण गर्दै खुशी व्यक्त गरे ।

कार्यक्रममा वडाध्यक्ष थापासहित वडा सदस्यहरु तिलकराम यादव, जमिर मुसलमान, सुमन लोहार, आरती कोरी, स्वास्थ्य चौकीका ईन्चार्ज विष्णु देव खनाल, अन्य समाजसेवीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको वडा सचिव निरज थापा मगरले जानकारी दिए ।

२०५९ सालबाट सरकारी सेवामा लागेका उनी जिल्ला विकास समिति हुदै स्थानीय तह संचालनमा आएपछि सयोजन हुदाँ बुद्धभूमि नगरपालिकामा शाखा अधिकृतका रुपमा आएका थिए । मिजासिलो स्वभाव तथा लगनशीलताका कारण उनले कर्मचारीहरुमा छुट्टै पहिचान स्थापित गर्न सफल भएका थिए ।

सम्बन्धित् समाचार