गृहपृष्ठ Featured कपिलवस्तुमा जारी महाधिवेशनमा विप्लवको राजनीतिक प्रस्ताव पारित

कपिलवस्तुमा जारी महाधिवेशनमा विप्लवको राजनीतिक प्रस्ताव पारित

कपिलवस्तु ।

असोज २५ गतेदेखि कपिलवस्तुमा जारी नेकपा (विप्लव समूह) को नवौँ महाधिवेशन पार्टी महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’द्वारा प्रस्तुत राजनीतिक प्रस्ताव सर्वसम्मत पारित भएको छ ।

महासचिव विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्तिसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए । प्रतिनिधिहरूले राखेको चासो, जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै विप्लवले पुँजीवादी विश्व असफल भएकोले समाजवादी क्रान्ति हुने कुरामा विश्वस्त रहन कार्यकर्तालाई अपिल गरे ।

प्रस्ताव पास गरिसकेपछि हलमा उपस्थित प्रतिनिधि पर्यवेक्षकहरूले नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, लगायतका नारा लगाउँदै एकमतले राजनीतिक प्रतिवेदन, नीति तथा कार्यक्रम, विधान र जातीय मुक्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

महाधिवेशनले दलाल संसदीय व्यवस्था नेपालमा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै नेपालमा वैज्ञानिक समाजवाद अनिवार्य भएको र त्यो एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्र पूरा गर्ने निष्कर्षसमेत निकालेको छ ।

सम्बन्धित् समाचार