गृहपृष्ठ खबर निरन्तर जनताको सेवामा लागेका घिमिरे यस कारण ‘शक्तिशाली’

निरन्तर जनताको सेवामा लागेका घिमिरे यस कारण ‘शक्तिशाली’

प्रकाशित मिति:

चन्द्रकान्त न्यौपाने ।

काठमाण्डौँ । राजनीतिमा अहिलेको आवश्यकता भनेको त्याग र निस्वार्थता हो । यही गुणको अभावका कारण आजको राजनीति गर्ने पात्रहरु खराब बनिरहेका छन् । लोभी–पापी र भ्रष्ट चरित्र, कुरा गर्ने काम नगर्ने आचरण, पदलोलुप प्रवृत्ति, देशप्रेमको अभाव लगायतका अवगुणका कारण आजका नेतामा आम मतदाताको विश्वास टुट्दै गएको छ ।

मुख्यगरी गणतन्त्रपछि मुलुकको नेतृत्व गर्न पुगेका दलका शीर्ष नेतादेखि कार्यकर्तासम्ममा हराएको असल चरित्रका कारण यतिबेला लोकतान्त्रिक गणतन्त्रका जनता आजित छन् । अधिकांस नेतामा यस खालको प्रवृत्ति मौलाइरहेको बेलामा केही त्यस्ता नेता पनि छन् जसले नेपाली काँग्रेसका मुर्धन्य नेताद्धय स्वर्गिय गणेशमान सिहं र कृष्णप्रसाद भट्टराईको बाटो पछ्याएर निस्वार्थ राजनीति गरिहेका छन् । त्यस अन्तर्गत पर्दछन् कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ निवासी डोलकराम घिमिरे ।

वि सं २०३६ सालको जनमत संग्रहबाट प्रभावित भई २०४६ सालदेखि काँग्रेसबाट राजनीति आरम्भ गरेका घिमिरे सधैँ सरल र सन्त नेताको रुपमा यस क्षेत्रमा चिनिन्छन् भने उनमा अहिलेसमम कुनै पनि खराब दाग छैन । राजनीतिमा रहेर योगदान दिने तर कहिल्यै पद नमाग्ने असल राजनैतिक चरित्रका कारण नेता, कार्यकर्ताको विश्वास जित्दै आज उनी आसन्न मंसिर ४ गते हुने चुनावमा लुम्बिनी प्रदेश सभा सदस्य पदको लागि उम्मेदवार छन् ।

उनीसंगै अघि बढेका धेरै नेताले राजनैतिक लाभ लिए । सांसद, मन्त्री र बिभिन्न पद धारण गरे । बिभिन्न संवैधानिक नियुक्ति लिए तर पहँच भएर पनि घिमिरेले कहिल्यै त्यतातर्फ सोचेनन् । उनी निरन्तर पार्टीको जितको पक्षमा अहोरात्र खटिए । ४६ सालदेखि काँग्रेसको राजनीति गरेर उनले पाएको भनेको महासमिति सदस्य, र हरेक निर्वाचनमा महाधिवेशन प्रतिनिधि हो । योबाहेक काँग्रेसको कुनै कार्यकारी अधिकार उनले पाएका छैनन् । तर पनि उनी कहिल्यै जनताबाट टाढा भएनन् । विना पद र विना अधिकारविनै उनी जनताको सुखदुखमा जहिले पनि रमाइरहे ।

समाजमा आइपर्ने स–साना समस्यामा उनी जहाँ पनि पुगि हाल्छन् । मर्दा–पर्दा हाओस् या समाजमा कसैलाई केही समस्या पर्दा पुलिस प्रशासन, अड्डा अदालत धाउने उनको मुख्य विशेषता हो । यसै कारण उनी यस क्षेत्रका अधिकांस जनताको मनमनमा छन् । त्यति मात्र नभएर उनले हरेक सामाजिक काममा उत्तिकै रुची राख्छन् ।

काँग्रेसको राजनीतिमा आवद्ध भए पनि कहिल्यै जनताले दलको नेताको रुपमा हेरेनन्, वाणगंगाका हुमानाथ पौडेल भन्छन् ‘एमाले, माओवादी, मसाल र अन्य दलका नेता कार्यकर्ताले पनि घिमिरेलाई मन पराउँछन् । घिमिरे पनि यो दल त्यो दल भनेर कहिल्यै पनपक्षमा लाग्नु भएन । यो उहाँको विशेषता हो । उनले राजनीतिमा लागेर आजसम्म केही कमाएका छैनन् कमाएको भनेको जनता र भरोसा हो ।’

निरन्तर जनताको सेवामा मरिरहने तर लाभ नमाग्ने एक्ला उम्मेदवारको रुपमा धेरैले घिमिरलाई लिने गरेका छन् । कपिलवस्तु उद्योग वाणिज्य संघको आठौँ नेतृत्वमा घिमिरे पुग्दा स्वयम् काँग्रेसलाई पनि विश्वास थिएन कि घिमिरेले जित्छन् । व्यवसायको क्षेत्रमा सुपरिचित र वाणगंगामा ठुलै उद्यमीको रुपमा चिनिने टोपनारायण बेलबासेलाई अध्यक्षमा पराजित गरेपछि भने डोलकरामको चर्चा चुलिन थाल्यो । घिमिरेको आलोचना गर्ने र कुरा काट्नेहरुले पनि त्यसपछि प्रसंसा गर्न थाले । यो चुनावी नतिजाको विश्लेषण गर्दै जाँदा चुनाव जित्नुमा घिमिरेको ठुला र धेरै केही कारण थिएनन्, मात्र थिए सरलपन, जहिले पनि जनताको सुखदुखमा पुगि हाल्ने बानी र सामाजिक काममा काँध दिइहाल्ने ।

यिनै गुणको कारण आम जनता पनि घिमिरेले यसपटक चुनाव जित्नेमा विश्वस्त छन् । वाणगंगाका पूर्व मेयर मंगलप्रसाद थारु, पार्टी सचिव शक्तिसिंह ठकुरी, निवर्तमान वडाअध्यक्ष गणेश बहादुर क्षेत्री र स्वास्थ्य उद्यमी गोपाल घिमिरे पनि पनि मंसिर चारको चुनावमा टिकटको दौडमा अन्तिमसम्म थिए । तर टिकट भने सरल नेता घिमिरेले नै पाए । यसो हुनुको प्रमुख कारण घिमिरेको सरलता र जनतालाई गरेको सेवा नै हो काँग्रेस वाणगंगा नगर सचिवसूर्य वराल भन्छन् ‘घिमिरेले टिकट पाएपछि पार्टीभित्र अन्तरद्धन्द्ध पनि छैन । उहाँलाई जिताउन सबै एकजुट भएको अवस्था छ । गठन्धनका अरु नेता पनि खुसी छन् ।’

वाणगंगाका अग्रज काँग्रेस नेता विष्णु न्यौपानेको भनाईमा पनि घिमिरे आगामी चुनावमा जित हासिल गर्ने नेता हुन् । न्यौपाने भन्छन् ‘गठबन्धनको भोट त घिमिरेले पाउनुहुन्छ नै विपक्षी पार्टीका धेरै मत पनि उहाँको पक्षमा आउने देखिन्छ । त्यसकारण यसपटक उहाँले प्रदेश सभा सदस्य पदमा बाजी मार्नुहुन्छ ।’

घिमिरेको उम्मेदवारीले स्वयम एमालेभित्र पनि तनावको स्थिति छ । लोपप्रिय नेताको छवि बनाएका लुम्बिनी प्रदेश सभा सदस्य समेत भइसकेका विष्णु पन्थी पनि घिमिरेलाई कम आँक्दैनन् । उनले मित्रवत प्रतिस्पर्धा हुन्छ भनेर सार्वजनिक रुपमै भनिसकेका छन् । मित्रवत प्रतिस्पर्धा भए पनि सजिलै चुनावी नतिजा आफूले हासिल गर्नेमा घिमिरेका प्रतिद्वन्दी पन्थीले भन्दै आइरहेका छन् ।

कतिपय एमाले नेतामा पन्थीले जित्छन् भन्नेमा विश्वास पनि नरहेको सुनाउँछन् । कुराकानी गर्ने क्रममा एमालेकै एकजना नेताले भनेका थिए ‘बलराम जिले त जित्नु हुन्छ पन्थीको पो के–हो, के–हो को ? स्थिति छ ।’ यसले पनि एमालेलोई घिमिरे चुनौति रहेको देखाउँछ ।

यता घिमिरेले भने सजिलै विष्णु पन्थीलाई हराउने बताउँदै आएका छन् उनी भन्छन् ‘विष्णु जि मेरो असल मित्र हुनुहुन्छ । उहाँ एकपटक सांसद पनि भइसक्नु भयो । सामाजिक संजालको चर्चा अनुसार उहाँबाट काम भएको रहेनछ । चुनावी दौडमा रहाँदा मलाई त्यस्तो लाग्यो । हिजो मैले पनि पन्थीजिले निकै गर्नुभयो भन्ने गर्थेँ । तर जनताको दैलेदैलो पुगेको थिएन । तर अहिले निर्वाचन क्षेत्रमा पुगिरहँदा पन्थी जिले त्यति गर्नु भएको लागेन । त्यसकारण अहिले गठबन्धनबाट मैले चुनाव जित्छु ।’

पद नलिइकन पनि जनताको सेवामा आफू सधैँ रहेको भन्दै सांसद जितिसकेपछि चामत्कारिक ढंगले काम गर्ने घिमिरेले बताए । आफू सांसद मात्र बन्नको लागि नभएर मन्त्री बन्ने ग्यारेन्टीको साथ आफू चुनावी मैदानमा होमिएको उनले बताए ।

‘अहिले आफूले विकासको नाममा जनता झुक्याउने ठुला ठुला नारा र भाषण नलिएर इमान्दार चरित्र लिएर जनताको माझमा छु । जनतालाई चाहिएको नेताको सरलपन हो । भ्रष्टाचारमा फँसेका कारण आज नेतामा कुनै भरोसा छैन । म सांसद भएँ भने पहिलो मुद्धा ४६ सालपछिका नेताको सम्पत्ति छाविन हुनुपर्दछ भन्ने हुन्छ’, घिमिरे भन्छन्

उनले प्रश्न गरे ‘हिजो खुट्टामा चप्पन नहुनेहरु कसरी यति धेरै धनी बने ? उनीहरुका गगनचुब्बी महल कसरी भए ? ठाउँठाउँमा घर घडेरी कसरी बने ? त्यसैले संसदको पहिलो भाषणमै मैले ४६ सालपछिका नेताको सम्पत्ति शुद्धिकरण हुनुपर्दछ भन्ने मुद्धा उठाउँछु । कारबाहीमा परे परौँला आफ्नै पार्टीका नेताले भने पनि पछि हट्दिनँ ।’

घिमिरेले यसरी यस्ता कुरा राख्न सक्नुमा उनमा रहेको सदाचारी प्रवृत्ति नै हो । वाणगंगाका गोविन्द पौडेल भन्छन् ‘घिमिरे आफै सरल र सादगी नेता हो । उहाँमा अझैसम्म एउटा पनि खराब दाग छैन । लिनभन्दा पनि जनतालाई दिनमै उहाँ खुसी हुनुहुन्छ । अहिलेका नेता लिने मात्र भए दिने भएनन् । यो गर्छु र उ गर्छु भन्ने नेतालाई होइन सफल नियत भएका भ्रष्टाचार नगर्ने नेताले जित्नुपर्दछ । यस हिसाबले डोलखभन्दा अब्बल अरु कोही छैनन् । उहाँले जित्नु पनि पर्दछ ।’

सम्बन्धित् समाचार