कपिलवस्तु ।
कपिलवस्तुको शुद्धोधन गाउपालिकाको लबनीमा बाम(लोकतान्त्रिक गठबन्धनले संयुक्त प्रचार प्रसार समितीको कार्यालय स्थापना तथा पाटी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । प्रचार प्रसार समितीको कार्यालयको स्थापना बाम(लोकतान्त्रिक गठबन्धन कपिलवस्तु क्षेत्र नंं। १ का उम्मेदवार तथा पुर्व मन्त्री चक्रपाणी खनाल बलदेवले उदघाटन् गरेका हुन ।
कार्यक्रममा सत्ता गठबन्धनका वरिष्ठ नेताहरू अतहर कमाल, राजेश, आचार्य, रामलौटन् तिवारी, सहसराम यादव, असरारुद्दिन खान, महेन्द्र पाठक, जितबहादुर थारु, बिष्णु शाह, कासीराम यादब लगायतका सयौ नेता कार्यकर्ता सहभागि थिए ।
नेकपा एमाले लुम्बिनी प्रदेश समिती सदस्य घरभरन यादव, एमाले जिल्ला नेता राधेश्याम यादव, जनमतका जिल्ला नेता अनिल तिवारी सहित् १९० जना माओवादी केन्द्र प्रबेश गरेका छन् । पाटी प्रवेशीहरू लाइ माओवादी नेता चक्रपाणी खनाल बलदेवले टिका लगाइ पाटीमा स्वागत गरेका छन ।
यसै गरी सुद्धोधन गाउपालिका निबर्तमान अध्यक्ष निसार अहमदले बाम-लोकतान्त्रिक गठबन्धनका लागि मत मागेका छन् ।