गृहपृष्ठ Featured ‘बुद्धभूमि-१ मा खानेपानीको समस्या पुरा गर्न संघिय योजना ल्याउछु’- वृजेश कुमार गुप्ता

‘बुद्धभूमि-१ मा खानेपानीको समस्या पुरा गर्न संघिय योजना ल्याउछु’- वृजेश कुमार गुप्ता

प्रकाशित मिति:

कपिलवस्तु ।

बुद्धभूमि नगरपालिका वडा नम्बर १ का जनताले खानेपानीको समस्य समाधान गर्न एमालेका उम्मेदवार सँग आग्रह गरेका छन् । एमाले कपिलवस्तु २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ईन्जीनियर वृजेश कुमार गुप्ता र २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज लामिछाने भुपाल सँग वडाका धेरै बस्तीमा खानेपानीको समस्या रहेकोले समाधानका लागि अपिल गरेका हुन ।

मतदाता सँग उम्मेदवार गुप्ताले सिँगो वडालाई खानेपानी पुग्ने गरी ठुला सहरी योजना संचालन गर्न पहल गर्ने प्रतिवद्धता गर्नु भएको छ । घरदैलोको क्रममा उहाँले पत्थरकोट, विरपुर, भेलाई, बसन्तपुर, मोर्मी आसपासका बस्तीमा नलको पानीमा आर्सेनिकको समस्या रहेको र खानेपानी ट्यांकी पानीको स्रोतको समस्या भएको गुनासो आएको बताउनु भयो ।

मतदाता सँग मत माग्दै गर्दा प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज लामिछाने (भुपाल)ले गठवन्धनको सरकारले २ वर्षमा भुमिहिन सुकुम्वासीलाई जग्गा दिनका लागि कुनै पनि काम नगरेको बताउनु भयो ।

केपी ओलीको पालामा भुमिहिन सुकुम्वासीको फारम भरीयो । त्यस पछि एमाले नेतृत्वको सरकार ढल्यो । अहिलेको सरकारले त्यही जग्गा नाप्न पनी सकेन । सुकुम्वासी लाई एमालेको सरकारले मात्र जग्गा दिने भुपालले बताउनु भयो ।

यसै विच एमाले बुद्धभुमि वडा नम्बर १ निर्वाचन परिचालन कमिटिको कार्यालय समेत आजै समुदघाट्न गरीएको छ । घरदैलोको क्रममा विभिन्न दल परित्याग गरी २२ जना एमाले प्रवेश गरेको एमाले जिल्ला सहसचिव सुशिला दर्लामीले बताउनु भयो ।

सम्बन्धित् समाचार