गृहपृष्ठ Featured सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ ।

बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले बिहीबार घटनाको अनुसन्धानका लागि सन्दीपलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको उनका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन् । उनले भने, ‘प्रहरीले ७ दिन म्याद मागे पनि श्रीमान्‌ले ४ दिन थप्नु भएको छ । आइतबार प्रहरीलाई प्रतिवेदनसहित उपस्थित हुन भनिएको छ ।’

यसअघि जिल्ला अदालत काठमाडौंले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको थियो । त्यसपछि असोज ७ गते अदालतले दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो ।

सम्बन्धित् समाचार