गृहपृष्ठ Featured पश्चिम नवलपरासीमा ८४० बोरा चिनीसहित दुई वटा ट्रक बरामद

पश्चिम नवलपरासीमा ८४० बोरा चिनीसहित दुई वटा ट्रक बरामद

प्रकाशित मिति:

पश्चिम नवलपरासी ।

पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका–२ र रामग्राम नगरपालिका–५ स्थित भैरहवा परासी राजमार्गबाट आज करीव ९० लाख रुपैयाँ बराबरको ८ सय ४० बोरा अवैध चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले बरामद गरेको हो।

बरामद चिनी तथा दुई वटै ट्रक आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ।

सम्बन्धित् समाचार