नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनबाट महासचिव पदमा नेत्रविक्रम चन्द (विप्लव) चयन भएका छन्। उनी सर्वसम्मत रूपमा महासचिव चयन भएका छन्। विप्लव यसअघि पनि महासचिव थिए।
कपिलवस्तुमा भएको महाधिवेशनबाट महासचिवमा पुन: विप्लव चयन भएको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए।
महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति सदस्य पनि चयन गरेको छ।
नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन गत असोज २५ गतेदेखि कपिलवस्तुस्थित शिवगढीमा सुरू भएको थियो।








