गृहपृष्ठ Featured स्वास्थ्य सेवा प्रवाहमा कुनै सम्झौता गरिदैन् : मेयर श्रेष्ठ

स्वास्थ्य सेवा प्रवाहमा कुनै सम्झौता गरिदैन् : मेयर श्रेष्ठ

सनिउल्ला धोबी, कपिलवस्तु ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा पछाडीएका तथा उच्च जोखिममा परेका बस्तीहरुको पहिचान विषयमा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले स्वास्थ्यको प्रवाहमा कुनै सम्झौता ‘कम्प्रमाइज’ नगर्ने बताए । उनले कुनै सम्झौता नगरि मापदण्ड अनुसार अघि बढ्ने बताए ।

उनले स्वास्थ्यको क्षेत्रमा पछि परेको समुदाय, जातजातिको पहिचान र विकासका लागि नगरपालिका हात्तेमालो गर्न तयार रहेको बताए ।

बुद्धभुमिले स्वास्थ्य नीति निर्माण गरिरहेको बताउदै स्वास्थ सेवाबाट टाढा रहेका नागरिकको पक्षमा पालिका सदैव कटिबद्ध रहने नगरप्रमुख श्रेष्ठको भनाई छ ।

बुद्धभुमि नगरपालिकाका प्रमुख प्रशासकीय रमेश गौतमले स्वास्थ्य सेवा प्रवाहमा नीति निर्माण गरि नगरपालिका अग्रसर रहेको बताए ।

नगरका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिचालन गरि सेवा प्रवाह चुस्तदुरुस्त बनाएको प्रमुख प्रशासकिय अधिकृत गौतमले जानकारी दिए ।

आधारभुत स्वास्थ्य परियोजना अन्तरगत फेर मेडको सहयोग र कालिका स्वालम्वन सामाजिक विकास केन्द्रको आयोजना र बुद्धभुमी नगरपालिकाको समन्वयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार