वैखरी अनलाईन, बाणगंगा ।
नेपाली कांग्रेस बाणगंगा नगर सभापति बिष्णु थापाले गठबन्धनबिचका नेता तथा कार्यकताको मन मिलि सकेको बताएका छन । गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र , एकिकृत समाजसेवि , र जनमोर्चाका नेता तथा कार्यकर्ताबिच मन मिलि सकेको उनले बताएका हुन ।
बाणगंगा संयुक्त बाम लोकतान्त्रीक गठबन्धन नगर प्रचार प्रसार समिति तथा परिचालन समितिको कार्यालय उद्यघाटन कार्यक्रममा बोल्दै नगर सभापति बिष्णु थापाले गठबन्धनका दलहरु बिच घात अन्तरघात हुन्छ भन्दै प्रतिपक्षले भ्रम भैलाएको पाइएकाले त्यसको पछि नलाग्न आग्रह समेत गरेका छन ।
कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेदवार चक्रपाणी खनाल बलदेव, कपिलवस्तु क्षेत्र नम्बर १ (क) का उम्मेदवार डोलकराम घिमिरे, कपिलवस्तु गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक अत्तहर कमाल मुसलमानसहित गठबन्धनका नगर भित्रका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।








