गृहपृष्ठ Featured बाणगंगाको युनाईटेड अस्पतालमा गरियो मेरुदण्डको सफल अप्रेशन

बाणगंगाको युनाईटेड अस्पतालमा गरियो मेरुदण्डको सफल अप्रेशन

हरि घिमिरे, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- ४ मा सञ्चालित युनाईटेड अस्पतालले मेरुदण्डको सफल अप्रेशन गरेको छ । जिल्लामै पहिलो पटक यस अस्पतालले मेरुदण्डको अप्रेशन गर्न सफल भएको अस्पतालले दाबी गरेको छ ।

अस्पतालले सिडिवाट खसेर मेरुदण्ड भाँचिएको महिलाको मंगलवार दिँउसो अप्रेसन गरेको थियो ।

बाणगंगा नगरपालिका- ११ घरबुदियाकि पञ्चमि थारुको हाड जोर्नी डाक्टर समिर खान लगाएतकोे टिमले अप्रेसन गरेको अस्पतालले जनाएको छ । अप्रेसन पछि पञ्चमि थारुको परिवार लगाएत स्वयम आफैले डाक्टरहरुलाई धन्यवाद ब्यत गर्नु भयो । यता हाड जोर्नी डाक्टर खानका अनुसार लामो समयको अनुभवले युनाईटेड अस्पतालमा अप्रेसन सेवा सुरु गरेको र प्राय सबै अप्रेसनहरु सफल भएको बताउनु भयो । हाल सम्म यस अस्पतालमा करिब २ सय भन्दा बढि साना–ठुला अप्रेसन भएका छन् ।

जसमा हाडजोर्नी भाँचिएको, एपेन्डीक्स, पाठेघरको अप्रेसन, डेलिभरिको अप्रेसन, पित्तको थैलिको अप्रेसन, लगाएतका अन्य थुप्रै अप्रेसन सफल भएको अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्यले बताउनु भयो ।

उहाँले अब केहि समयमा अस्पतालले थप सेवा सुविधा प्रदान गर्ने बताउनु भयो । आचार्यका अनुसार आईसियू, भेन्टीलेटर, सिटिस्क्यान सहित १ सय सैय्याको अस्पताल बन्ने र प्राविधिक शिक्षालय समेत पञ्चालन हुने बताँउनु भयो । अस्पतालले अन्य जनरल सुविधाहरु पनि प्रदान गर्दै आएको छ ।

सम्बन्धित् समाचार