सन्धिखर्क ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको रातापोखरा खेल मैदानमा अध्यक्ष कप रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको उद्धाटन समारोहमा मन्तब्य राख्दै गाउँ पालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्य लागि खेलकुद’ भन्ने नारालाई ध्यानमा राखेर खेल क्षेत्रमा गाउँपालिकाले काम गर्ने बताए ।
प्रतियोगितामा ८ वडाका ८ टीमको सहभागिता छ । खेलमा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार ,तृतीय हुनेलाई २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए।