गृहपृष्ठ Featured कपिलवस्तुमा १५ अर्व बढि बजेट भित्राए : कांग्रेस नेता आचार्य

कपिलवस्तुमा १५ अर्व बढि बजेट भित्राए : कांग्रेस नेता आचार्य

कपिलवस्तु ।

नेपाली कागे्रंसका लुम्विनी प्रदेश महामन्त्री पुर्व सिंचाई राज्य मन्त्री तथा कपिलवस्तु क्षेत्र नं २ का उमेद्धार सुरेन्द्रराज आर्चायले जिल्लाको विकासको लागि १५ अर्व बढिको बजेट व्यवस्थापन गरेको बताएका छन् । तत्कालीन कपिलवस्तु- ४ वाट निर्वाचित हुदां र ६ महिले कार्यकालमा सिंचाई राज्य मन्त्री हुंदा सुरेन्द्रराज आर्चायले गरेका कार्यहरु एक कार्यक्रमका विच सार्वजनीक गरेका छन् ।

बृहत वाणगांगा सिंचाई आयोजना जगदिशपुर ताल देखी तौलिहवा यशोधरा गाउंपालिका सम्मको योजनाको लागि १ करोड ६४ लाख विनियोजना भएकोमा हाल योजना जारी रहेको वाणगगां सिंचाइ योजना तौलिहवले जनाएको छ ।

त्यस्तै वाणगगा नदि नियन्त्रण तथा तटबन्धन लागि ६ अर्व रुपयांको डि पि आर कार्य सम्पन्न भई ठेक्का प्रकृया अगाडी बढेको आर्चायले बताए । मानपुरमा रहेको सेखुइया ताल मर्मत तथा सिंचाइ आयोजना मर्मत तथा व्यवस्थापनको लागि ३ करौड बढि रकम विनियोजन भइ काम भएको आर्चायले बताएका छन् ।

हरिहरपुर ताल व्यवस्थापन तथा सिंचाई आयोजनामा १ करोड लगानी गरि काम अगाडी बढेको समेत आर्चायले बताए । दोहनी वाध सिंचाइ योजनामा ८ करोड लगानी गरि आर्चायले सिलन्यास तथा सम्पन्न पछि उद्घाटन गरेर संचालनमा पनि आएको नेता आर्चायले बताए । कपिलवस्तु नगरपालका २ मा रहेको लम्तिया वाध सिंचाई योजनाको लागि ७ करोड विनियोजन गरि निर्माण कार्य सम्पन्न भएको समेत आर्चायले बताए ।

बैदैलीको महसैया वाध सिंचाइ योजना रनगाईको राम लक्ष्मण ताल संरक्षण तथा सिंचाई व्यवस्थापनमा पनि करोडौ रकम विनियोजन भइ काम भएको आर्चायले बताए । गुडरुग खोला पथ्थरकोट तटबन्धन कार्यका साथै महेन्द्रकोट सिंचाइ आयोजनामा रकम लगानी गरि संचालनमा आएको बताए ।
जिल्लामा करोडौ लगानी गरि संय भन्दा बढि डिप वोरिग जडान र संचालनमा आइ किसानले सिंचाई गर्न पाएको आर्चायले बताए । त्यस्तै गैडहवा हरदौना सडक कालोपत्रे,तकिहवा राजपुर सडक कालोपत्रे, बकडरिया बुढ्डी सडक निर्माणमा करौडौ लगानी गरि योजना हरु सम्पन्न भएको आर्चायले बताए । त्यस्तै गुडरुग नदिमा पुल निर्माण गरि संचालनमा आएको समेत आर्चायले बताए ।

एता बुढ्डी ताल व्यवस्थापन तथा पर्यटकिय स्थल बनाउन पहल , बडहरमा अस्पताल वनाउन जग्गा व्यवस्थापन गरि अस्पताल निर्माण कार्य अगाडी बढेको , लाखौ रकम विनियोजन वाट वरकरलपुर,बकलिपुर,तिनघेरवाका ताल व्यवस्थापन ,गवदहवामा तटवन्धन काम भएको नेता आर्चायले बताए । बुद्धभुमी नगरपालिकामा रिगरोडको अवधारण वनाइ कामको सुरुवात भइ नगरपालिकाले काम संचालनमा ल्याएको नेता आर्चायले बताए ।

तत्काल नदि नियन्त्रणको लागि करौडौ लगानी गरि सिगरहवा हरदैना तटवन्धन कार्य भएको समेत आर्चायले बताए । त्यस्तै महाराजगंजमा १५ सैयाको अस्पताल निर्माणमा समन्यव गरि सिलन्यास भई काम अगाडी बढेको समेत आर्चायले बताए ।

कोरोना महामारिमा सिमा नाकामा व्यवस्थापन तथा होल्डीग सेन्टर,क्वारेन्टाइ व्यवस्थापन तथा राहत तथा उपचारमा सहयोग गरेको उनको भनाइ छ । विभिन्न पालिकाहरु संग सहकार्य गरि कपिलवस्तु अस्पतालाई सहयोग गर्ने जस्ता कार्य गरेको समेत आर्चायले बताए ।

आफु पदमा रहदा या नरहदा पनि लाखौ करौडौका योजना प्रदेश तथा संघ वाट जिल्लामा भित्राउने काममा आफु पछि नहट्ने समेत आर्चायले बताए । विकासको गति र कपिलवस्तु समस्या समाधानको लागि आफु आसन्न निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनको तर्फवाट कपिलवस्तु २ बाट प्रतितनधी सभाको लागि उमेद्धार बनेको आर्चायले बताए । करोड बढिका योजना मात्र मेरो सम्झनमा छ लाखौका योजना धेरै ठाउंमा संचालनमा ल्याएको छु जनताका समस्या मेरो समस्या हो त्यसको लागि मेरो राजनिति गरेको हो भनेर आर्चायले बताए ।

साथै आर्चायका दाजु पुर्व सांसद स्वर्गीय विष्णुराज आर्चायको पहलमा खरेन्द्रपुर महाराजंगज सडक, टिक्कर बुड्ढी विजगौरी सडक, इमिलिया गोरुसिंगे बस्ती विकास योजनाको कारण आज विकासको गतिमा क्षेत्र अगाडी बढेको समेत आर्चायले बताए ।

सम्बन्धित् समाचार