गृहपृष्ठ Featured पूर्वी नवलपरासीमा ५० जना सवार बस दुर्घटना : २३ जना घाईते

पूर्वी नवलपरासीमा ५० जना सवार बस दुर्घटना : २३ जना घाईते

प्रकाशित मिति:

पूर्वी नवलपरासीमा गएराति काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटनामा परेको छ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका(११ मा ना७ख ४१५ नम्बरको बस ब्रेक फेल भई सडकबाट दाहिने साइडमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बसमा सवार ५० जना मध्ये २३ जना घाईते भएका छन् । उनीहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाईते पाँच जनलाई थप उपचारका लागि भरतपुर पठाइएको छ ।

अन्य सामान्य घाईतेहरुलाई उपचार पश्चात डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार