गृहपृष्ठ Featured टोटनहमलाई हराउँदै न्युक्यासल शीर्ष चारमा

टोटनहमलाई हराउँदै न्युक्यासल शीर्ष चारमा

काठमाडौं ।

इङ्लिस प्रिमियर लिगमा जारी सिजन प्रभावशाली प्रदर्शन गरेको न्युक्यास युनाइटेडले आइतबार राति टोटनहमलाई २–१ ले हराउँदै शीर्ष चारमा उक्लिएको छ ।

पाहुना टोली न्युक्यासलका लागि पहिलो हाफमा कालुम विल्सन र मिगुएल अल्मिरोनले गरेको गोल जितका लागि पर्याप्त बन्यो । विल्सनले गरेको गोलबाट न्युक्यासलले ३१औँ मिनेटमा अग्रताले लिएको थियो । ४०औं मिनेटमा अल्मिरोनले अग्रता दोब्बर बनाए ।

५४औं मिनेटमा ह्यारी केनले गरेको गोलबाट टोननहमले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन । जारी सिजन लिगमा केनको यो दशौँ गोल हो । धेरै खेलाडीको सूचीमा केन दोस्रो स्थानमा छन् । १७ गोल गर्ने म्यानचेस्टर सिटीका फरवार्ड इर्लिङ ब्राउट हालान्ड शीर्ष स्थानमा छन् ।

सम्बन्धित् समाचार