गृहपृष्ठ Featured दक्षिण अफ्रिका र जिम्बावेबीचको खेल नतिजाविहीन

दक्षिण अफ्रिका र जिम्बावेबीचको खेल नतिजाविहीन

दक्षिण अफ्रिका र जिम्बावेबीचको ट्वान्टी–२० विश्वकप सुपर–१२ को ग्रुप–२ को खेल सोमबार वर्षाले प्रभावित भएपछि बिना नतिजा टुंगेको छ । यससँगै दुवै टिमले एक/एक अंकमा चित्त बुझाए ।

सुरुमा खेल नौ/नौ ओभरमा झारिएको थियो र यस क्रममा जिम्बावेले पाँच विकेटमा ७९ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाले ब्याटिङ सुरु गर्दा खेल फेरि वर्षाले प्रभावित रह्यो र डक वर्थ नियम अनुसार सात ओभरमा ६४ रनको नयाँ लक्ष्य तय गरिएको थियो ।

वर्षाले खेल रोकिन अगाडि दक्षिण अफ्रिकाले बिना कुनै विकेट तीन ओभरमा ५१ रन बनाएको थियो । सोमबारको समूहको पहिलो खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई नौ रनले हराएको थियो ।

समूह तालिकामा बंगलादेश र भारत शीर्ष दुई स्थानमा छन् ।

सम्बन्धित् समाचार