वैखरी अनलाइन, बाणगंगा
कपिलवस्तु क्षेत्र नः २ का नेता दिर्घनारायण पाण्डेय एमाले पार्टीमा गएपछि कांग्रेसमा खुशीयाली छाएको छ । पार्टीभित्र रहदा सदैव घातअन्तरघात गर्ने गरेको भन्दै पाण्डेय एमाले प्रवेश गरेपछि कपिलवस्तु क्षेत्र नः २ का कांग्रेस नेता तथा कार्यकर्ता खुशी भएका छन ।
०७४ सालमा कांग्रेस परित्याग गरी एमालेबाट प्रदेश सभा सदस्य जितेका पाण्डेय यही बीचमा सांसद पद त्याग्दै कांग्रेस प्रवेश गरेका थिए ।
कांग्रेस प्रवेश गरी राष्ट्रिय सभा सदस्य भएका उनी आसन्न मंसिर ४ को निर्वाचनमा प्रदेश सभाको आकांक्षी थिए ।
कांग्रेसले टिकट नदिए पछि उनी सोमबार एमालेमा फर्किएका हुन् ।
यद्यपि कांग्रेसमा रहदा उनले कांग्रेसकै उम्मेदवारलाई हराउन लागेको खुल्न आएको छ । वैखरी अनलाइनलाई प्राप्त एक अडियोमा उनले कांग्रेसका उम्मेदवारलाई हराउन लागेको प्रष्ट पाइन्छ ।
उनले गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवारलाई हराउन गोप्य छलफल तथा रणनिति तयार पारेका थिए । जसमा उनी असफल भए । पछिल्लो समय उनको घटदो लोकप्रियताका कारण चुनावमा उनको बोली बिकेन ।
जसका कारण उनी एमाले प्रवेश गरेतापनि उनको कुनै प्रभाव नहुने स्रोतको दावि छ ।
उनले महाराजगञ्जका मेयर तथा नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलाम खा, बुद्धभुमी नगरपालिकाका नगर प्रमुख तथा नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नः २ का क्षेत्रीय सभापति केशव श्रेष्ठ, महाराजगञ्ज नगरपालिकाका वडा नः ४ का कांग्रेसका उम्मेदवार शुसिल चौधरी, बुद्धभुमी ८ का कांग्रेसका उम्मेदवार कपिल तिवारीलाई हराउन लागेका थिए ।
कांग्रेसमा बसेर कांग्रेसकै उम्मेदवारलाई हराउन लाग्नु भन्दा पार्टी छोडेर गएकै राम्रो भयो भन्दै त्यहाका कांग्रेस खुशी भएका हुन ।
उनले तत्कालीन समयमा कांग्रेसका आधिकारिक उम्मेदवारलाई हराउन खेलेको रणनिति यस्तो थियो (अडियोसहित)