गृहपृष्ठ Featured सल्यानमा पोखरीमा डुबेर बेपत्ता भएका पुरुष मृत भेटिए

सल्यानमा पोखरीमा डुबेर बेपत्ता भएका पुरुष मृत भेटिए

प्रकाशित मिति:

सल्यान ।

जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका ७ मैदुपोखरीमा डुबेर बेपत्ता भएका ४० वर्षीय तिलक कामी मृत भेटिएका छन् । बेपत्ता भएको तीन घन्टापछि उनी पोखरीमै मृत भेटिएका हुन् ।

मानसिक समस्या भएका उनी मंगलबार दिउँसो घरदेखि ३ मिटर दुरीमा रहेको पोखरीमा नुहाउने क्रममा एक बजेतिर डुबेर बेपत्ता भएका थिए ।

बन्गाड कुपिन्डे नगरपालिकाको– र्‍याप्टिङ बोर्डका शंकर यरी, दिपक यरी र प्रहरीको सहयोगमा ‘बोट’ प्रयोग गरी पोखरीको पानी घटाएर कामीको शव निकालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीले बताए ।

उनका अनुसार मृत भेटिएका कामीलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउन थालिएको छ ।

उक्त पोखरी स्थानीयले गाईबाख्रालाई पानी खुवाउनका लागि निर्माण गरेका थिए । गत असोज १९ गतेदेखि लगातार सातासम्म परेको अविरल वर्षातका कारण अहिले भरिभराउ हुँदा ताल जस्तो भएको छ ।

सम्बन्धित् समाचार