गृहपृष्ठ Featured पिङबाट लडेर एक जनाको मृत्यु

पिङबाट लडेर एक जनाको मृत्यु

दैलेख ।

दैलेखमा पिङबाट लडेर आज बुधवार एक जनाको ज्यान गएको छ । सदरमुकाम नारायण नगरपालिका वडा नम्बर ६ मा पिङ खेल्ने क्रममा लडेर स्थानीय १८ वर्षका नवराज बोगटीको ज्यान गएको हो ।

पिङ खेल्ने क्रममा लडेका बोगटीको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो ।

तिहारमा जिल्लाभर पिङ हाल्ने र खेल्ने प्रचलन धेरै छ । पिङ खेल्दा सुरक्षा अपनाउन जिल्ला प्रशासन कार्यालय दैलेखले सबैलाई अनुरोध गरेको छ ।

सम्बन्धित् समाचार