गृहपृष्ठ Featured अफगानिस्तान र न्युजिल्यान्डबीचको खेल रद्द

अफगानिस्तान र न्युजिल्यान्डबीचको खेल रद्द

काठमाडौं ।

अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी-२० विश्वकपमा बुधबार अफगानिस्तान र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएको छ । टससमेत नभइ खेल रद्द भएकाे हाे । यससँगै दुवै टिमले एक/एक अंक बाडेका छन् ।

सुपर-१२ समूह-१ मा रहेको न्युजिल्यान्ड दुई खेलबाट तीन अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट एक अंक जोडेको अफगानिस्तान तालिकाको पुछारमा छ ।

आजैको पहिलो खेल पनि वर्षाका कारण आयरल्यान्डले इङ्ल्यान्डलाई डी/एल पद्धति अनुसार पाँच रनले पराजित गरेको थियो ।

सम्बन्धित् समाचार