वैखरी अनलाईन, बाणगंगा ।
नेपाली कांग्रेसका नेता तथा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क) का उम्मेदवार डोलकराम घिमिरेले जनताको सेवक बन्न चुनावी मैदानमा आएको बताएका छन् । चुनावी घरदैलोका क्रममा मतदाताहरुसंग बोल्दै उनले जनताको सेवक बनेर काम गर्ने तयारीका साथ आफु चुनावी मैदानमा होमिएको बताएका हुन् ।
उनले यस क्षेत्रका लागि पाँच वर्ष असली सेवक बन्ने र यस क्षेत्रका नागरिकको घर आँगनमा रहने बताए । ‘यस क्षेत्रका लागि पाँच वर्ष असली सेवक बनेर काम गर्छु । नागरिकको घर आँगनमा रहन्छु,’ उनले भने, ‘जनताको सेवक बन्न चुनावी मैदान आए । सेवक भएरै काम गर्छु ।’
उनले आफू प्रदेशसभामा निर्वाचित भएर गएपछि जनताको मागको आधारमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले यस क्षेत्रको स्थानीय भौगोलिक अवस्थालाई पहिचान गरिसकेको र सोही भूगोलबाट राजनीति यात्रा सुरु गरेकोले यस भेगको जनताको आवश्यकताका आधारमा काम गर्ने बताए । ‘मैले यस क्षेत्रको भौगोलिक अवस्था राम्रोसंग बुझेको छु । यही भूगोलबाट राजनिति यात्रा सुरु गरे,’ उनले भने, जनताको आवश्यकताका आधारमा काम गर्छु ।’
घिमिरेले आफू यसै भेगको स्थानीय भएकाले यस क्षेत्रका जनतासंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिएको बताए । उनले जनताका चाहना तथा आवश्यकतालाई बुझेर काम गर्न आफु तयार रहेको जिकीर गरे ।