गृहपृष्ठ Featured बंगलादेशको जिम्बावेमाथि रोमाञ्चक जित

बंगलादेशको जिम्बावेमाथि रोमाञ्चक जित

बंगलादेशले ट्वान्टी–२० विश्वकप सुपर–१२ को ग्रुप–२ मा जिम्बावेमाथि रोमाञ्चक तीन रनको जित निकालेको छ । यो जितसँगै बंगलादेशको तीन खेलबाट चार अंक भएको छ र लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

जिम्बावे भने तीन खेलबाट तीन अंकमै सीमित रह्यो । जितका लागि १ सय ५१ रन पछ्याएको जिम्बावेले २० ओभर उपयोग गरेर आठ विकेटको क्षतिमा १ सय ४७ रन मात्र बनाउन सक्यो ।

खराब सुरुआत गरेको जिम्बावेले ३५ रन बनाउँदासम्म चार विकेट गुमाएको थियो । तर सिन विलियम्सले ४२ बलमा ६४ रन बनाए र जिम्बावेलाई खेलमा फर्काए । तर उनी रनटआउट भएसँगै खेल बंगलादेशको पक्षमा मोडिएको थियो ।

बंगलादेशले भने सात विकेटमा १ सय ५० रन बनाएको थियो र त्यसमा नजमुल हुसेन सन्टुले ५५ बलमा ७१ रन बनाए । जिम्बावेका तीन महत्त्वपूर्ण विकेट लिएका तास्किन अहमद ‘प्लेयर अफ द म्याच’ भए ।

सम्बन्धित् समाचार