गृहपृष्ठ Featured भैरहवाबाट हिमालय एयरलाइन्सले मलेसिया चार्टर उडान थाल्ने

भैरहवाबाट हिमालय एयरलाइन्सले मलेसिया चार्टर उडान थाल्ने

हिमालय एयरलाइन्सले भैरहवाबाट मलेसियाको क्वालालम्पुर चार्टर उडान थाल्ने भएको छ । कम्पनीले काठमाडौं–क्वालालम्पुर–भैरहवा र भैरहवा–क्वालालम्पुर–काठमाडौं रुटमा चार्टर उडान थाल्ने भएको हो ।

नोभेम्बर ३ देखि १० तारिखसम्म यी रुटमा उडान गर्ने कम्पनीले जानकारी गराएको छ । हिमालयलाई नागरिक उड्डयन प्राधिकरणले हाल जम्मा ८ वटा उडानका लागि अनुमति दिएको छ ।

पछि थप अनुमतिपछि पुन: उडान सञ्चालन गरिने कम्पनीले जनाएको छ । भैरहवाबाट उडान थाल्ने विषयमा नियामक नागरिक उड्डयन प्राधिकरणसँग वायुसेवा कम्पनीहरुको रस्साकस्सी चल्दै आएकोमा हिमालयले उडान थाल्ने घोषणा गरेको हो ।

सम्बन्धित् समाचार