गृहपृष्ठ Featured चुनावपछि पनि देउवा नै प्रधानमन्त्री : प्रवक्ता महत

चुनावपछि पनि देउवा नै प्रधानमन्त्री : प्रवक्ता महत

बुटवल ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी निर्वाचनपछि पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका छन्। निर्वाचनपछि सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले ल्याउने भएकाले जनमत र पार्टी सभापतिको हैसियतमा देउवा नै प्रधानमन्त्री बन्ने बताएका हुन्।

बुटवलमा बुधबार आयोजित साझात्कारमा बोल्दै महतले नेपाली कांग्रेसको बटमलाइन देउवालाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने रहेको बताए।

नेपाली कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजक समेत रहेका प्रवक्ता महतले गठबन्धन गर्दा पनि १६५ सिटमध्ये नेपाली कांग्रेसले ९१ सिटमा उम्मेदवार उठाएको भन्दै धेरै सिट जित्ने पनि नेपाली कांग्रेस नै हुने बताए।

महतले जनताका अधिकारको पूर्ण रुपमा सुनिश्चित गर्नका लागि आगामी निर्वाचनमा गठबन्धनको जित अपरिहार्य रहेको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला संग्रौलाले आगामी दिनमा संघीय निर्वाचनमा कांग्रेसका महिला नेतृहरूलाई प्रत्यक्षमा उठाउने गरी अगाडि बढ्ने बताइन्।

सम्बन्धित् समाचार