गृहपृष्ठ Featured “डोलकरामलाई मत दिन मतदाता उत्साहित”

“डोलकरामलाई मत दिन मतदाता उत्साहित”

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागी दलका नेताहरु घरदैलोमा ब्यस्त रहेका छन । आफनो पक्षमा मतपरिणाम ल्याउन दलहरु घरदैलोमा ब्यस्त रहेका हुन ।

घरदैलोमा क्रममा कपिलवस्तु क्षेत्र नः १(क) बाट सत्ता गठबन्धनका उम्मेदवार डोलकराम घिमिरेलाई मत दिन मतदाता उत्साहीत देखिएका छन । ३५ बर्षदेखि समाजसेवामा लोगेको घिमिरेलाई मत दिन उत्साहीत रहेको कपिलवस्तु- ९ की मतदादाता पवित्रा थारुले बताइन ।

अहिलेसम्म पार्टीबाट असर नपाएको, हाम्रा दुखसुखमा सदैव नजिक रहने घिमिरेलाई यसपाली मत दिन पाउदा आफु उत्साहीत रहेको उनले बताइन ।

समाजसेवाका क्रममा कांग्रेस , एमाले, माओवादी नभनी सहयोग गर्ने भएकाले घिमिरेलाई मत दिने कपिलवस्तु ९ का अर्का मतदाता श्याम थारुले बताए ।

घरदैलोका क्रममा जनतालााई सिचाई, गुणस्तरीय पुर्वाधार निमार्ण शिक्षा तथा स्वास्थ्य जस्ता समस्यामा धेरै काम गर्न बाकी रहेकोले त्यस्को समाधानका लागी आफु लागी परेर काम गर्ने बताए ।

सम्बन्धित् समाचार