गृहपृष्ठ Featured लुम्बिनि सांस्कृतिक नगरलाई सुन्दर र हरियाली बनाउन प्रतिबद्ध ः मुसलमान

लुम्बिनि सांस्कृतिक नगरलाई सुन्दर र हरियाली बनाउन प्रतिबद्ध ः मुसलमान

वैखरी अनलाइन, बुटवल
रुपन्देही जिल्लाको लुम्बिनि सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्यिन मुसलमानले नगरपालिकालाई सुन्दर र हरियाली बनाई राख्न आफु प्रतिबद्ध रहेको बताएका छन ।

पर्यटीय क्षेत्र भएकाले दैनिक हजारौँ पर्यटक यस क्षेत्रमा अवलोकनका लागी आउने गरेकोले पुरे नगरपालिका क्षेत्रलाई सुन्दर हरियाली बनाई राख्न आफु प्रतिबद्ध रहेको उनले बताए ।

यसै क्रममा लुम्बिनि सांस्कृतिक नगरपालिकाले नगरको सरसफाईका लागी फोहोर ब्यस्थापन कार्य सुरु गरेको छ । आजबाट नगरभित्रका फोहोर जम्मा हुने ठाउलाई सरसफाई गरी ब्यस्थापन गर्न लागेको छ ।

सो अवसरमा नगर प्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेय लगायतले नगरको फोहोर ब्यवस्थापन गर्न अनुगमनसहित आवश्यक निर्देशन समेत दिएका छन ।

साथै यस अभियानलाई निरन्तर सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले बताए ।

सम्बन्धित् समाचार