अष्ट्रेलिया जोस हेजलउड र एडम जाम्पाले २-२ तथा केन रिचर्डसनले १ विकेट लिए ।
अष्ट्रेलियाका नियमित कप्तान आरोन फिन्च र टिम डेभिड चोटका कारण खेलबाट बाहिर हुँदा मिचेल स्टार्कलाई ड्रप गरिएको थियो । उनीहरुको स्थानमा क्यामरुन ग्रीन, स्टिम स्मिथ र केन रिचर्डसन खेलेका थिए ।
समूह ए मा पाँचै खेल खेलेको अष्ट्रेलिया ७ अंक जोडेर दोस्रो स्थानमा छ । ५ खेलबाट ७ अंक नै जोडेको न्युजिल्याण्ड भने सेमिफाइनल प्रवेश गरिसकेको छ ।
अब अष्ट्रेलिया र इंग्ल्याण्डमध्ये एक टिम सेमिफाइनल पुग्नेछ । अष्ट्रेलियाले सेमिफाइनल पुग्न इंग्ल्याण्ड र श्रीलंकाबीच शनिवार हुने खेल कुर्नुपर्नेछ । अष्ट्रेलियाको सेमिफाइनल पुग्ने आश अब श्रीलंकामाथि छ । यदी श्रीलंका इंग्ल्याण्डसँग पराजित भए घरेलु टोली अष्ट्रेलिया सुपर-१२ बाटै बाहिरिनेछ ।
५ खेलबाट २ अंक मात्र जोडेर अफगानिस्तान भने समूहको पूछारमा रहँदै यसअघि नै बाहिरिसकेको छ ।
एडेलेइड ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ग्लेन म्याक्सवेलको अर्धशतक मद्दतमा ८ विकेट गुमाएर १६८ रन बनाएको थियो । म्याक्सवेलले ३२ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा अविजित ५४ रन बनाए । मिचेल मार्शले ३० बलमा ४५ रन जोडे । डेभिड वार्नर र मार्कुस स्टोइनिसले समान २५ रन बनाए ।
अफगानिस्तानका नभिन उल हकले ३, फाजालहक फारुकीले २ तथा मुजिउर रहमान र मोहमम्द नावीले समान १ विकेट लिए ।