गृहपृष्ठ Featured विष्णु पौडेलले सार्वजनिक गरे घोषणापत्र

विष्णु पौडेलले सार्वजनिक गरे घोषणापत्र

बुटवल । 

रुपन्देही क्षेत्र नं. २ मा नेकपा (एमाले)का उमेदवार विष्णु पौडेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

बुटवलमा आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्ष एवं उमेदवार पौडेलले आफूले सार्वजनिक गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

पौडेलले यसअघि पनि आफ्नो ‘ड्रिम प्रोजेक्ट’को रूपमा राखेको कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने प्रतिबद्धता पुनः जनाएका छन् ।

यस्तै, बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने, यसअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवं आधुनिक सडक सञ्जालबाट जोडिने लगायत याेजनाहरू समावेश गरिएकाे छ ।

सम्बन्धित् समाचार