वैखरी अनलाईन, बाणगंगा ।
मंसिर ४ को निर्वाचन संघारमा छ । प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
यसै क्रममा कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार चक्रपाणी खनाल बलदेव, प्रदेश १(१) का उम्मेदवार डोलकराम घिमिरे र प्रदेश १(२) का उम्मेदवार सहसराम यादवले घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छन् ।

गठबन्धनका उम्मेदवारहरुले सोमबार बाणगंगा नगरपालिकाका विभिन्न वडामा घरदैलो गरेका छन् ।

त्यस क्रममा स्थानीयसँग उनीहरूले छलफल समेत गरेका थिए । उम्मेदवारले स्थानीयका समस्या र गुनासोहरू सुनेका छन् ।

घरदैलोका कार्यक्रम पश्चात सोमबार साँझ बाणगंगाको मुख्य बजार क्षेत्र चारनम्बर चोकमा कोणसभा समेत गरेका थिए ।
उक्त कोण सभामा उम्मेदवार चक्रपाणी खनाल बलदेव र डोलकराम घिमिरेले सम्बोधन गर्दै बामलोकतान्त्रिक गठबन्धनलाई जिताउन आह्वान गरे ।









