गृहपृष्ठ कपिलवस्तु बिशेष घिमिरेले भने- ‘उम्मेदवार बन्न मात्र होईन, काम गर्ने दृढ संकल्प बोकेर आएको छु’

घिमिरेले भने- ‘उम्मेदवार बन्न मात्र होईन, काम गर्ने दृढ संकल्प बोकेर आएको छु’

सागर वि.क., वैखरी अनलाईन ।

आसन्न निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. १ ‘क’ बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार डोलकराम घिमिरेले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताएका छन् ।

 

बाणगंगा नगरपालिका वडा नम्बर १ र २ का मतदातासंग घरदैलो कार्यक्रममा भेटघाट गर्दै घिमिरेले उम्मेदवार बन्न मात्र नभई काम गर्ने दृढ संकल्प बोकेर आएको दाबी गरे ।

’देशलाई अहिले सुशासन चाहिएको छ, सुशासन कायम गरेपछि विकास सम्भव छ । अहिलेको गठबन्धन नेपाललाई सुशासन दिनका लागि बनेको हो’, उनले भने ।

घिमिरेले आफूहरु जनतालाई ठूला सपना देखाउने पक्षमा नरहेको जिकिर गरे । ’हामी रेल र पानीजहाजका कुरा गर्दैनौं, जनताका आधारभूत आवश्यकताका कुरा गर्छौं, जे कुरा गर्छौं त्यो पूरा गर्छौं’, घिमिरेले भने ।

उनले यस क्षेत्र कृषि क्रान्ति, पर्यटनले समेत समृद्ध बन्ने सक्ने बताए । उनले त्यसतर्फ योजना बनाएर कार्यान्वयन गरिने बताए । गाउँगाउँमा यातायात, बिजुली पुगे पनि रोजगारी नपुगेको भन्दै उनले अब गाउँमा नै आम्दानी र रोजगारी पु¥याउन उद्योगधन्दा स्थापना गरिने दाबी गरे ।

सम्बन्धित् समाचार