गृहपृष्ठ Featured फाइनलमा भारतलाई पुग्न नदिने इङ्ग्ल्याण्डको चाहना होला पूरा?

फाइनलमा भारतलाई पुग्न नदिने इङ्ग्ल्याण्डको चाहना होला पूरा?

प्रकाशित मिति:

काठमाडौं ।

यसपटकको टी २० विश्वकपमा निकै उलटफेर देखियो। जसले यो प्रतियोगितालाई थप रोमञ्चक बनाउँदै लगेको छ। समूह चरणमा दुई खेलमा पराजयबाट सुरु गर्दै लगभग प्रतियोगिताबाट बाहिरिएको पाकिस्तानले बुधवार न्युजिल्याण्डलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो। समूह चरणका केही खेलले आईसीसीले हेभिवेट र एसोसिएट भनेर छुट्याउँदै आएको मानकमा चुनौती आए। अर्थात पाकिस्तान जिम्बावेसँग हार्‍यो, इङ्ग्यल्याण्ड आयरल्याण्डसँग, जिम्वावे र दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग।

पहिलो सेमिफाइनलमा समूह १ को विजेता न्युजिल्याण्डलाई हराएर समूह २ को उपविजेता पाकिस्तानले फाइनलमा स्थान सुरक्षित गर्दा आज समूह समूह १ को उपविजेता इङ्ग्ल्याण्ड र समूह २ को विजेता भारत आमनेसामने हुँदैछन्।

भारत र इङ्ग्ल्याण्डबिचको खेल आज एडिलेड स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने २ बजे हुँदैछ।

समूह चरणमा इङ्ग्ल्याण्डलाई ठूलो झड्का आयरल्याण्डले दिएको थियो। आयरल्याण्डले जित निकाल्दा उसका समर्थकहरुले इङ्ग्ल्याण्डलाई यी इङ्ग्याण्ड कै खेलाडी हुन् या इङ्ग्ल्याण्डको भेषमा स्कटल्याण्डका खेलाडी खेलिरहेका छन्’ भन्दै उडाएका थिए। त्यसपछी इङ्ग्याण्डले अफगानिस्तानलाई हरायो तर उक्त म्याचमा ठूलै संघर्ष गर्नुपरेको थियो।

त्यस्तै अस्ट्रेलियाविरुद्धको महत्वपूर्ण खेलमा वर्षा बाधक बन्यो। तर, त्यसपछिका दुई खेलमा जित निकाल्दै इङ्ग्ल्याण्डले सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रह्यो।

कोहलीको एडिलेड प्रेम

त्यसो त विराट कोहलीले आफूले खेलेका सबैजसो मैदानमा आफ्नो खेल कौशल देखाइसकेका छन्। तर, एडिलेड उनका लागि अझ खास छ। कोहलीले क्रिकेटका तीन वटै फर्म्याटमा गरि एडिलेडमा १४ खेल खेलेका छन् जसमा ३ अर्धशतक र ५ शतक प्रहार गरेका छन्। यो मैदानमा खेलेको पछिल्लो खेलमा जिम्वावेविरुद्ध अर्धशतक प्रहार गरेपछि अस्ट्रेलियामा खेल्दा घरेलु मैदानमा खेलेजस्तो अनुभव हुने बताएका थिए। पछिल्लो समय सानदार फर्ममा रहेका कोहलीले पछिल्ला ९ पारिमा ७५ को औशतमा ३७२ रन बनाइसकेका छन्। टी २० मा यस्तै आँकडा बिरलैमात्र हुन्छन्। यस्तोमा इङ्ग्ल्याण्डको बलरको मुख्य ‘टार्गेट’मा कोहली र सूर्यकुमार यादव हुनेछन्।

यादवको फर्म यसपाला निकै चम्किएको छ। यही वर्ष टी २० मा १००० रन पुरा गरेका उनलाई रोक्न कठीन हुने देखिन्छ। पछिल्ला १० पारिमा ५९ को औशतले ४१४ रन बनाएका छन्। पछिल्लो १० म्याचको स्ट्राइक रेट १९२ कव रहेको छ जुन विपक्षीको बलरका लागि चिन्ताको विषय हुनेछ। फिल्डर नभएको स्थानमा सर्ट हान्नु र फास्ट बलरलाई छक्का हान्नु उनको सिग्नेचर सट भइसकेको छ।

यस्तोमा दुबै टोली कागजी रुपमा बराबरीका देखिन्छन्। इङ्ग्याण्डको बलियो ब्याटिङ लाइनमा जोस बटलर, एलेक्स हेल्स, फिल सल्ट, बेन स्टोक्स, लिअम लिविङस्टोन, मोइन अलीजस्ता खेलाडी छन्। इङ्ग्ल्याण्डका कप्तान जोस बट्लरले आजको खेल जित्ने र फाइनलमा भारत पाकिस्तानको खेल नहुने बताएका छन्।

‘हामी निश्चित रुपमा भारत र पाकिस्तानबिचको फाइनल हेर्न चाहँदैनौ। हामी पुरा कोसिस गर्नेछौं, भारत र पाकिस्तान फाइनलमा नहुन्,’ उनले भनेका छन्।

सम्बन्धित् समाचार

भर्खरै प्रकाशित

सबै
काठमाण्डौ – केही दिनयता निरन्तर घाम लागेका कारण काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढेको छ । आज काठमाण्डौको अधिकतम तापक्रम ३०–३२ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो पनि काठमाण्डौको तापक्रम ३२ डिग्री सेल्सियस पुगेको थियो । हिजो सबैभन्दा धेरै भैरहवाको तापक्रम ४० डिग्री पुगेको छ । यस्तै सिमरा र जनकपुरको ३९, विराटनगर र धरानको ३७ डिग्री सेल्सियस पुगेको छ । प्रि–मनसुनको अवस्था रहेको र दुई तीन दिनयता पर्याप्त वर्षा नभएका कारण काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भेगमा तापक्रम बढेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार अहिलेको तापक्रम वृद्धि मनसुन शुरू हुनुपूर्वको गतिविधि हो । यसलाई प्रि–मनसुनी गतिविधिकै रुपमा लिइन्छ । तापक्रम अझै बढ्दै जाने उहाँको भनाइ छ । यसैबीच, देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । आज पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ । आज दिउँसो कोशी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमाली भूभागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेश र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ । काठमाण्डौ उपत्यकामा हिजोजस्तै छिटपुट पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
घट्यो सुनको मूल्य