गृहपृष्ठ Featured कालीगण्डकी डाइभर्सन : विष्णु पौडेलको घोषणापत्रले तरंग

कालीगण्डकी डाइभर्सन : विष्णु पौडेलको घोषणापत्रले तरंग

रुपन्देही  ।

केही पटक चर्चामा आएर सेलाएको कालीगण्डकी डाइभर्सनबारे पुनः चर्चा सुरु भएको छ । रुपन्देहीका एमाले उम्मेदवार विष्णु पौडेलले घोषणापत्रमार्फत जुनसुकै हालतमा कालीगण्डकी डाइभर्सन गरिछाड्ने प्रतिबद्धता सार्वजनिक गरेपछि त्यसले गण्डकीको राजनीति तरंगीत बनेको हो ।

गण्डकीका नेताहरू कुनै हालतमा कालीगण्डकी डाइभर्सन हुन नदिने अडानमा छन् । ‘लुम्बिनीका नेताहरुले भनेर त्यो डाइभर्सन हुँदैन । गण्डकीका नेताहरु पनि जिउँदै छन्,’ कांग्रेस केन्द्रीय सदस्य तथा गोरखाका प्रदेशसभा सदस्य उम्मेद्वार सुरेन्द्रराज पाण्डेले भने, ‘हामी कुनै हालतमा डाइभर्सन हुन दिँदैनौँ । यो हाम्रो सम्पत्ति हो । हामी संरक्षण गर्छौँ ।’

एमाले नेता खगराज अधिकारीले पनि पार्टीका कोही व्यक्तिले घोषणापत्रमा लेख्दैमा डाइभर्सन नहुने बताउँछन् । ‘कालिगण्डकी हाम्रो प्राथमिकता हो । एउटा व्यक्ति र एउटा प्रदेशले भनेर त्यो डाइभर्सन हुँदैन,’ उनले भने, ‘म डाइभर्सनको विपक्षमा छु ।’

पछिल्ला हरेक निर्वाचनमा कालीगण्डकी डाइभर्सन बढी चर्चामा आउँछ । गण्डकी र लुम्बिनी प्रदेशको सीमाबाट बग्ने उक्त नदीलाई गण्डकीले सभ्यताको रुपमा मान्छ । स्याङजाको पिपलडाँडाबाट सुरुङमार्फत् पानी लगेर लुम्बिनीमा जमिन सिंचाईं गर्ने योजना अनुसार उक्त डाइभर्सनको प्रक्रिया सरकारले नै अघि बढाएको थियो ।

सम्बन्धित् समाचार