कपिलवस्तु ।
कपिलवस्तुको महाराजगंज नगरपालिका २ को कार्यालयबाट करिब १ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
वडाध्यक्षको कार्यकक्षको ढोकाको ताल्चा फोडेर कम्प्युटर मोनिटर ३ थान, स्क्यानर १ थान, माउस २ थान र मल्टिप्लक १ थान गरी करिब १ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
सो धनमाल मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न फरार रहेको र उनको खोजीकार्यबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








