गृहपृष्ठ Featured कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन विस्तारमा निकुञ्ज बाधक !

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन विस्तारमा निकुञ्ज बाधक !

सुर्खेत ।

कोहलपुर–सुर्खेत १ सय ३२ केभी विद्युत् प्रसारणलाइन विस्तारमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज बाधक बनेका छन् । नेपाल विद्युत् प्राधिकरणले निकुञ्जको जमिन प्रयोग गरेवापत निजी जग्गा दिनुपर्ने निकुञ्जले माग गरेको छ । १ सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन कोहलपुरदेखि सुर्खेतसम्म १ सय ६२ वटा पोल राख्नुपर्ने हुन्छ । जसका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्र ७४ वटा पोल गाड्नुपर्ने छ ।

७४ पोलका लागि प्रसारणलाइनले ४३ हेक्टर जमिन ओगट्ने विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार प्रसारणलाइन विस्तार गर्दा १३ हजार ५४ वटा रुख काट्नुपर्ने देखिएको छ । आयोजना क्षेत्रमा सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा र लेकबेसी नगरपालिकासहित बर्दिया र बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका पर्छ ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्षमण कँडेलले हाइभोल्टेजको विद्युत् लाइन कर्णालीमा आइनपुगेकाले ठूला उद्योग र कारखाना सञ्चालनमा समस्या भएको बताए । उनले ठूला आयोजनाभन्दा पनि कर्णालीबासीले नियमित बत्ती बाल्नसमेत नपाएको बताए ।

सम्बन्धित् समाचार