गृहपृष्ठ Featured अर्घाखाँचीमा पूर्वउपप्रधानमन्त्री र पूर्वसभामुखबीच घमासान भिडन्त

अर्घाखाँचीमा पूर्वउपप्रधानमन्त्री र पूर्वसभामुखबीच घमासान भिडन्त

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा दुई प्रभावशाली नेताको प्रतिस्पर्धाले चुनाव रोचक बनेको छ । यसअघि तीनपटक निर्वाचित भएका टोपबहादुर रायमाझी जित निरन्तर हात पार्ने दाउमा छन भने वाम–लोकतान्त्रिक गठबन्धनको साथ पाएकी कांग्रेस उम्मेदवार पुष्पा भुसाल (गौतम) जित सुनिश्चित गर्ने प्रयासमा छिन् । अघिल्लोपटक माओवादीबाट चुनाव जितका र यसपटक भने एमालेका उम्मेदवार बनेका रायमाझीलाई निवर्तमान उपसभामुख भुसालले चुनौती दिएकी छिन् ।

माओवादीका पूर्वनेता रायमाझी ०६४ सालको चुनावमा तत्कालीन अर्घाखाँची १ बाट विजयी भएका थिए । त्यतिवेला उम्मेदवार भुसाल क्षेत्र नम्बर २ बाट विजयी भएकी थिइन् । रायमाझीले ०६४, ०७० र ०७४ मा माओवादीबाट चुनाव जितेका थिए । ०७४ मा एमालेको साथमा माओवादी केन्द्रबाटै चुनाव जितेका थिए  ।

दोस्रो संविधानसभामा पुष्पा एमालेका उम्मेदवारसँग पराजित भएकी थिइन् । संविधान बनेपछि  ०७४ मा पुष्पा समानुपातिक सांसद भइन् । प्रतिनिधिसभाको उपसभामुख बन्ने मौका पाइन् । विगतमा पटकपटक मन्त्री हुँदै उपप्रधानमन्त्री बन्ने अवसर पाएका रायमाझी र सांसद हुँदै उपसभामुख बन्ने अवसर पाएकी भुसालबीच नै अहिले मुख्य प्रतिस्पर्धा देखिन्छ ।

यीबाहेक ११ उम्मेदवार प्रतिस्पर्धामा छन् । जसपाका नेत्रबहादुर थापा, राप्रपाका होमनारायण बेलवासे, नेमकिपाका सुतेज दुवाल, हाम्रो नेपाली पार्टीका दुर्गा बन्जाडे प्रतिस्पर्धामा छन् । त्यसैगरी, राप्रपा नेपालका खलिल मियाँ, मंगोल नेसनल अर्गनाइजेसनका पूर्णबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका मधुबहादुर सारू, जनसमाजवादी पार्टी नेपालका पीताम्बर अर्याल, र राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसाल प्रतिस्पर्धामा छन् ।

सम्बन्धित् समाचार