गृहपृष्ठ Featured बाणगंगा- १ बैरियामा टिभिएसको ‘एक्सचेन्ज’ मेला सुरु

बाणगंगा- १ बैरियामा टिभिएसको ‘एक्सचेन्ज’ मेला सुरु

वैखरी अनलाईन, बाणगंगा ।

टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले कपिलवस्तुको बाणगंगामा ‘एक्सचेन्ज’ मेला संचालन गरेको छ । जिल्लाकै एक मुख्य व्यापारिक केन्द्रका रुपमा स्थापित हुन लागेको बाणगंगा- १ बैरियामा एक्सचेन्ज मेला सुरु भएको हो ।

यही कार्तिक २८ गतेसम्म चल्ने उक्त एक्सचेन्ज मेलामा कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग टिभिएसका नयाँ साट्न सकिने बाणगंगा अटो ट्रेडर्सका सञ्चालक मनोज पौडेलले वैखरी अनलाईनलाई जानकारी दिए ।

यस क्षेत्रका ग्राहकहरुलाई विगत लामो समयदेखि सेवा दिईरहेका बताउँदै उनले भने, ‘यस ‘एक्सचेन्ज’ मेलामा ग्राहकले कुनै पनि कम्पनीको पुरानो साधन साटेर टिभिएसको मोटरसाइकल वा स्कुटर चढ्न सक्नुहुन्छ ।’

यहि कार्तिक २३ गतेबाट संचालन भएको उक्त एक्सचेन्ज’ मेलामा टिभिएसका मोटरसाइकल किन्नेले ६ हजार तथा स्कुटर किन्नेले ५ हजार छुट समेत पाउने उनले जानकारी दिए ।

माईलेज, स्मार्ट कनेक्सन, किफायती र पाटपुर्जा सहजै उपलब्ध हुने भएकाले टिभिएस ग्राहकको पहिलो रोजाईमा पर्दै आएको ट्रेडर्सका सञ्चालक मोहन न्यौपानेले दाबी गरे । उक्त मेलामा जस्तोसुकै कन्डिसनको मोटरसाइकल पनि साट्न सकिने संचालक उनले बताए ।

यो मेलाले ग्राहकसामु टिभिएसलाई थप चिनाउन निकै महत्वपुर्ण भूमिका खेल्ने र पुरानो बाइक तथा स्कुटरको राम्रो मूल्य पाउने अर्का संचालक उमानाथ पौडेलले बताए ।

बणगंगा– १ बैरियामा रहेको बाणगंगा अटो ट्रेडर्स पछिल्लो समय कपिलवस्तुसहित छिमेकी जिल्लाका ग्राहकहरुको पनि पहिलो रोजाईमा पर्दै आएको छ ।

सम्बन्धित् समाचार