भैरहवा ।
बामदेव गौतम अध्यक्ष रहेको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही(३ मा पाँच दलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका बालकृष्ण खाँणलाई समर्थन गर्ने घोषणा गरेको छ ।
नेकपा राष्ट्रिय एकता अभियान रुपन्देही जिल्ला कमिटिद्वारा शनिबार अपराह्न भैरहवामा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा गृहमन्त्री रहेका खाँणलाई समर्थन गर्ने घोषणा गरेको हो ।
केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले विभिन्न कारणले आउँदो निर्वाचनमा अभियानले आफ्नो उम्मेदवार नउठाए पनि निर्वाचनमा पार्टीले सक्रियरुपमा भाग लिँदै रुपन्देही-३ मा बालकृष्ण खाँणलाई समर्थन गर्ने पार्टीको निर्णय भएको बताए ।