गृहपृष्ठ Featured मोदी इन्डोनेसिया भ्रमणमा

मोदी इन्डोनेसिया भ्रमणमा

प्रकाशित मिति:

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर १४ मा बालीमा हुने १६ औँ शिखर सम्मेलनमा भाग लिने भएका छन् । भारतले सन् २०२२ डिसेम्बर १ बाट यस समूहको अध्यक्षता ग्रहण गर्दैछ । ‘प्रधानमन्त्रीको भ्रमण छोटो छ तर बालीमा हुने जी–२० शिखर सम्मेलनमा यहाँको भ्रमण निकै महत्वपूर्ण छ,’ इन्डोनेसियाका लागि भारतीय राजदूत मनोजकुमार भारतीले एएनआईलाई बताएका छन् ।

‘प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी–२० शिखर सम्मेलनमा भाग लिनु हुनेछ र  यहाँ उहाँले औपचारिक रूपमा २०२३ को लागि भारतको २०२३ अध्यक्षता लिनु हुनेछ’ भारतीले एएनआईलाई बताएका छन् ।

‘प्रधानमन्त्री मोदीको  जी-२० मा आउनु महत्त्वपूर्ण छ किनभने भारतले इन्डोनेसियाबाट जी–२० को अध्यक्षता लिन लागेको छ । भारतले इन्डोनेसियालाई निरन्तर सहयोग प्रदान गरेको छ, र इन्डोनेसिया सरकारले पनि भारतको सहयोगलाई मान्यता दिन्छु, भारतीय राजदूत भारतीले भनेका छन् ।

सम्बन्धित् समाचार