सुनसरी । सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध उजुरी परेको छ ।
सुनसरीको निर्वाचन क्षेत्र ४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उमेदवारसमेत रहेका कार्कीले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै नेकपा (एमाले) निर्वाचन परिचालन कमिटीले उजुरी दिएको हो ।
“मन्त्री कार्कीले स्थानीय तहमा निर्वाचित नगरपालिका र गाउपालिकाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरूलाई चुनाव प्रचार र घरदैलोमा परिचालन गरी सवारीसाधनको समेत दुरूपयोग गर्दै सरकारी ढुकुटीबाट इन्धनलगायतका खर्चहरू गर्न लगाउने, नगरपालिका र गाउँपालिकाको रकममा गाउमा भोज भतेर गर्न लगाउने लगायतका निर्वाचन आचारसंहिता विपरितका कार्यहरू गर्दै आएको व्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत आम मतदाता, निर्वाचन आयोग, निर्वाचन अनुगमनका लागि खटिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरू, सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरूको ध्यानाकर्षण गराउन चाहन्छौँ,” पोख्रलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।