काठमाडौं ।
कतारमा अर्को सातादेखि सुरु हुने फिफा विश्वकपका लागि एसियाली राष्ट्र इरानले टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक कार्लोस क्विरेजले आइतबार अन्तिम टोली घोषणा गरेको इरान फुटबल संघले जनाएको छ ।
विश्वककमा अन्तिम टोलीमा २६ खेलाडी राख्न पाउने नियम भएपनि इरानले २५ जनाको टोली घोषणा गरेको हो । समूह बी मा रहेको इरानले नोभेम्बर २१ मा इंग्ल्याण्डसँग खेल्दै विश्वकप सुरुआत गर्नेछ ।