गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा मादक पदार्थमा प्रतिबन्ध !

कपिलवस्तुमा मादक पदार्थमा प्रतिबन्ध !

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुमा  आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि मादक पदार्थ ओसारपोसार, सेवनदेखि बिक्री–वितरणमा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनभर प्रतिबन्ध लगाएको हो।

निर्वाचन विश्वसनीय, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयको परिपत्र र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए।

उनका अनुसार आज सोमबार अर्थात कार्तिक २८ गतेदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्म प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासनले जारी गरेको पत्रमा उल्लेख गरिएको छ, ‘ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना २०७९ को दफा १८.३.१ को १० तथा जिल्ला सुरक्षा समिति कपिलवस्तुको मिति २०७१।०७।२८ को निर्णय समेतका आधारमा जिल्लाभर मिति २०७९।०७।२८ गते राती १०:०० बजे देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ ओसारपसार विक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाईएको हुँदा यहि मिति २०७९।०७।२८ गते राती १०:०० बजे देखि मादक पदार्थ विक्री वितरण तथा सेवन नगर्नु / नगराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना / आदेश जारी गरिएको छ ।’ यस्तै उक्त पत्रमार्फत सूचना र आदेश बर्खिलाप गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत चेतावनी दिईएको छ ।

यस्तो छ जिल्ला प्रशासनले जारी गरेको पत्र :

सम्बन्धित् समाचार