गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुका सीमा नाका ७२ घण्टा बन्द हुने

कपिलवस्तुका सीमा नाका ७२ घण्टा बन्द हुने

सागर वि.क., वैखरी अनलाईन ।

मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागी कपिलवस्तुका सीमानाका ७२ घण्टा बन्द गरिने भएको छ । मंगलबार एक सुचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले निर्वाचनका लागी ७२ घण्टा जिल्लाका सम्पुर्ण सीमानाका बन्द गर्ने जानकारी दिएका हुन् ।

निर्वाचनलाई थप विश्वसनीय, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन भारतसंग सिमा जोडिएका कपिलवस्तुका सबै नाकाहरु पुर्ण रुपमा बन्द रहने उनले वैखरीलाई बताए ।

खुला सीमा नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सीमानाका बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।

सम्बन्धित् समाचार