गृहपृष्ठ Featured अब यो क्षेत्रको समस्या समाधान हुन्छ : विनोद चौधरी

अब यो क्षेत्रको समस्या समाधान हुन्छ : विनोद चौधरी

पश्चिम नवलपरासी- १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले सुस्ताको समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्। घरदैलो अभियानका क्रममा सुस्ता गाउँपालिकाका विभिन्न वडा पुगेका चौधरीले यस्तो बताएका हुन्।

उनले सुस्ताको चौतर्फी विकासका लागि आफ्नो महत्वपूर्ण भूमिका रहने बताएका थिए। नियमित रूपमा मतादाता माझ घरदैलो तथा चुनावी प्रचारप्रसार अभियानमा रहेका उनीसँग मतदाताले आ–आफ्ना समस्या सुनाएका थिए।

विगत २५ वर्षदेखि सुस्ताको विकासलाई नेताहरूले उपेक्षा गरेको भन्दै चौधरीले अब आफूले यहाँको चौतर्फी विकासलाई प्राथमिकता दिने बताए।

सम्बन्धित् समाचार