भुपाल थापा, कपिलवस्तु ।
पूर्व-उपप्रधानमन्त्री एवं एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानले कपिलवस्तुको बाम–लोकतान्त्रिक गठबन्धनलाई सघाउने भएको छ ।
जिल्लाको चारनम्बर जितपुरमा बुधबार पत्रकार सम्मेलन गर्दै अभियानको केन्द्रीय कमिटीको निर्णय अनुसार कपिलबस्तुको बाम–लोकतान्त्रिक गठबन्धनलाई सघाउने गरी निर्णय भएको जनाइएको हो ।
अभियानका केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश संयोजक महेन्द्र अर्यालले कपिलवस्तु प्रतिनिधि चक्रपाणी खनाल ९बलदेव० वामपन्थी शक्तिहरुको हितमा काम गर्ने भएकाले समर्थन गरेको बताए ।
अभियानका लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका अर्यालले देशको कार्यकारी प्रमुखको पदमा प्रत्यक्ष निर्वाचन प्रणालीको ब्यबस्था बर्तमान गठबन्धनले गर्ने भएकाले उक्त सम्मानका लागी पनि यस्तो निर्णय लिएको बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा कपिलबस्तु–१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार चक्रपाणी खनाल बलदेवले नेकपा एकता पार्टीले चलाएको नेकपा एकता अभियानले कपिलबस्तु सहित देशैभर थप उर्जा थप्दै गएको बताए ।
उनले समर्थनप्रति आभार ब्यक्त गरे।








