गृहपृष्ठ Featured डोलक घिमिरे ज्यानको बाजी राखेर कोभिड विरुद्ध जनताको सेवामा थिए (तस्विरमा)

डोलक घिमिरे ज्यानको बाजी राखेर कोभिड विरुद्ध जनताको सेवामा थिए (तस्विरमा)

प्रकाशित मिति:

कपिलवस्तु ।

राज्यबाट तलब वा अन्य सुविधा नलिई  समाज सेवाका लागि लक्षित काममा इमान्दार भएर  विभिन्न संस्थागत वा राजनीतिक संयन्त्रले गरेको कामलाई समाज सेवा भन्न सकिन्छ । समाज सेवाले सामाजिक सेवाले समाजप्रतिको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ । समाजसेवाले व्यक्तिगत र सामुदायिक विकासको लागि थप अवसरहरू प्रवद्र्धन गरेर राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान गर्दछ । 1.jpg

समाजसेवा त्यत्तिबेला झनै महत्वपूर्ण हुन्छ देश, समाज वा राष्ट्र गम्भीर अभूतपूर्व संकटमा परेको हुन्छ । विश्व भर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा परेसँगै त्यसको चपेटामा कपिलवस्तु जिल्ला पनि पर्यो ।2.jpg

कोरोनाले आक्रान्त भएका बखत कपिलवस्तु जिल्लावासीको जिउ धनको रक्षाको लागि आफ्नो जीवनको प्रभाव नगरी ज्यानको बाँजी राखेरअविचलित योद्धा जो निःस्वार्थ भावले खटिएका थिए कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष तथा सामाजिक अभियन्ता डोलकराम घिमिरे । IMG_20200814_093335.jpg

घिमिरे भन्छन् मैले ३५ वर्षको राजनीतिक यात्रामा कहिल्यै आफ्नो स्वार्थको लागि केही गरिन र समाज र राष्ट्रका लागि केही गर्नु पर्छ भन्ने भावनाले ओतप्रोत भएर नै कोभिड १९ को अभूतपूर्व संकटको समयमा आफ्नो ज्यानको बाजी राखेर कपिलवस्तु वासीको स्वास्थ्य सेवाका लागि के गर्न सकिन्छ भनेर तल्लिन भएर लागे त्यसमा मलाई साथीहरुले ठूलो सहयोग गर्नुभयो । 143.jpg

तिनिै जनताको हितको लागि, उन्नतिको लागि र सुरक्षाको लागि भोक प्यास पनि नभनी अहोरात्र खटिरहने घिमिरेलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका कपिलवस्तु क्षेत्र नंं. १ (१) मा  साझा उम्मेद्वार बनाएको छ । मर्दा पर्दा देखि लिएर सबैको घर आँगनमा पुग्ने डोलकको सामाजिक छवि प्रंसशनीय रहेको कपिलस्तु क्षेत्र नं. १ (१) का कांग्रेसका प्रदेश सभापति दुर्गा के.सी. बताउँछन् । 5.jpg

राजनीतिमा सक्रिय हुने हो भने परिवर्तन ल्याउन सकिन्छ भनेर आफू उम्मेद्वार बनेको घिमिरे बताउँछन् ।  घिमिरेले भने मैले जानेको परिवर्तन भनेको विकास नै हो मेरो उद्देश्य चौतर्फी विकास नै हो  त्यसका लागि जनताबाट अनुमोदित भएर आउनुपर्छ त्यसैले जनताको थप सेवा गर्न आफू प्रदेश संसदमा उम्मेद्वार बनेको हुँ ।

1624864826421 (1).jpeg

 

  •  सेयर

 

सम्बन्धित् समाचार