गृहपृष्ठ Featured कपिलवस्तु : दशगजामा संयुक्त गस्ती सुरु

कपिलवस्तु : दशगजामा संयुक्त गस्ती सुरु

 मनोज पौडेल, कपिलवस्तु ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सीमाक्षेत्र दशगजामा संयुक्त गस्ती सुरु गरिएको छ । सीमा क्षेत्रमा हुन सक्ने अवान्छित र आपराधिक क्रियाकलाप रोक्न यहाँ गस्ती थालिएको हो ।

सशस्त्र, म्यादी र नेपाल प्रहरी तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त गस्ती गरिरहेका छन् । बिहीबारबाट सुरु गरिएको गस्ती मतगणनाको अन्तिम नतिजा नआउँदासम्म करिब १० दिनसम्म नियमित गरिने सशस्त्रको डंगरी बीओपी प्रमुख निरीक्षक सन्तोष अधिकारीले बताए ।

यसको सुरुवात यशोधरा गाउँपालिका मर्यादपुर नाकाबाट सुरु गरिएको छ ।

 

सम्बन्धित् समाचार