गृहपृष्ठ Featured ५७ जना कैदीबन्दीले कपिलवस्तुमा मतदान गर्दै

५७ जना कैदीबन्दीले कपिलवस्तुमा मतदान गर्दै

बाणगंगा, वैखरी अनलाईन ।

आसन्न मंसिर ४ गते अर्थात भोलि आईतबार हुने निर्वाचनमा कपिलवस्तुका ५७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् । जिल्ला कारागारमा रहेका ती कैैदीबन्दीले मतदान गर्न पाउने भएका जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।

अन्य कैदीबन्दीको नाम मतदाता नामावलीमा समावेश नभएको कार्यालयका सूचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिइन् । जिल्ला कारागार तौलिहवामा एउटा अस्थायी मतदान केन्द्र तोकिएको र सोही मतदान केन्द्रमा उनीहरुले मतदान गर्न पाउने व्यवस्था मिलाईएको उनले बताईन् ।

सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो । सुचना अधिकारी क्षेत्रीका अनुसार निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारीले पनि आफु खटिएको मतदान केन्द्रबाट समानुपातिकतर्फ मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

‘जिल्लामा ५७ जना कैदी बन्दीले मतदान गर्न पाउने भएका छन्,’ उनले भनिन् ‘त्यसका लागी जिल्ला कारागार तौलिहवामा नै अस्थायी मतदान केन्द्र तोकिएको छ ।’

यही मङ्सिर ४ गते हुने पटकको निर्वाचनमा देशभरका ७४ कारागारमा अस्थायी मतदानस्थल राखिएको छ ।

सम्बन्धित् समाचार